बाँके— बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण कोहलपुर नगरपालिकाले गरेको छ ।कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा सो कुरा उल्लेख गर्नुहुँदै यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकाका १५ वडाका तीन हजार घरधुरीका १३ हजार ६३० परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको छ ।आइतबारको नगर विपद् व्यवस्थापन समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । अब सोही योजना अनुसार क्षतिलाई न्यूनीकरण
काठमाडौं— खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए । सोही समयमा आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ । चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताए । यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलि
काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०' पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको 'शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।यसैगरी, प्रधानमन्त्री दाहालले 'लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनम
काठमाडौं— आजदेखि नेपालमा वर्षा कम हुने भएको छ । नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने भएकाले वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ।अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार अझै केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्
झापा— झापाका युवाले नेताहरूलाई खबरदारी गर्न अनौठो शैली अपनाएका छन् । पीके फिल्ममा देखिएको दृश्य अहिले झापामा देखिएको छ । जिल्लाकै सदरमुकाम जोड्ने मुख्य सडक निर्माणमा चरम लापरबाही भएको भन्दै युवाहरूले शीर्ष नेताहरु लापता भएको तस्बिर राखेर विरोध प्रदर्शन गरेका छन्। भद्रपुर सडक खण्ड अन्तरगत चन्द्रगढीस्थित लेखनाथ चोकमा युवाहरूले झापाबाट निर्वाचित भएका ‘हेविवेट’ नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको तस्बिरमा ‘लापता’ लेखेर विरोध जनाएका हुन्। सडक निर्माणमा ढिलासुस्ती भएको क्षेत्रबाटै शर्मा र
काठमाडौं— यतिबेला सबैतिर चर्चाको विषय छ सेटिङको । हुन पनि राजनीतिक संरक्षणले ठूला मुद्दादेखि चलखेलमा सेटिङ भएका प्रशस्त उदाहरण भेटिन्छन्। पहुँचकै आधारमा भएका सहकारीको रकम अपचलनदेखि भुटानी शरणार्थी प्रकरणसँगै गिरीबन्धु टीस्टेटका विषय पछिल्लो पटक धेरै चर्चामा आएका हुन् । गैरकानूनी काम गर्ने मानिसलाई सुधार गर्न सजाय स्वरुप जेल पठाइन्छ । जेल बसेपछि उसको आचरणमा सुधारको अपेक्षा हुने गरेको छ । तर त्यही जेलभित्र हुने सेटिङले अनेकौ प्रश्न उठाउने गरेको छ । जेल भित्रै छुटाउँछु भन्दै पैसा लिने र छुट्नका लागि पैसा दिनेसम्मका घटना भएका छन् । सुन्दा कहानी जस्तो लाग्ने घटना छ काठमाडौंको डिल्लीब
काठमाडौं— नेपालमा सुन तस्करीका सिलसिला जारी नै छन्। कडाइ धेरै गरिए पनि विभिन्न बहानामा तस्करीका सिलसिला रोकिएका छैनन् । अहिले ३२ क्वीन्टल सुन तस्करीको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । दावाजिन वाङको समूहले पानी तान्ने पम्प, स्मार्ट वाच लगायतका इलोक्ट्रोनिक सामान र ब्रेक सुमार्फत ३ हजार १९४ किलो ६६८ ग्राम सुन तस्करी भएको निष्कर्षसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।त्यसका आधारमा सरकारी वकिलको कार्यालयले दावाजिनसहित ६१ जनाविरुद्ध अवैध सुन पैठारी, संगठित अपराधसहित सात वटा कसुरमा मुद्दा दायर गरेको छ, जसमा ६० अर्ब ८२ करोड २२ लाख
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुनको सक्रियतामा कमी आउने बताएको छ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकोमा आजदेखि न्यून चापिय रेखा क्रमिक रुपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने र वर्षाको मात्रामा पनि कमी आउने सम्भावना रहेको छ।दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक देखि स
काठमाडौं— शुक्रबार रातिदेखिको अविरल वर्षा अझै जारी छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । यो क्रम सोमबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढीपहिरोलगायतका विपतजन्य घटनामा परेर अन्य तीनजना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार बाढी, पहिरो तथा विपतजन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई
काठमाडौँ- नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने गरी नेपाली कांग्रेस र एमालेबीच सम्झौता भएको सातदिन बित्न लाग्यो। अहिलेसम्म सत्तारुढ एमाले सत्ताबाट बाहिरियो भने प्रतिपक्षमा पुग्यो। मधेस प्रदेशमा पनि वर्तमान जनमत पार्टीको सरकारलाई समर्थन दिन नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मत दिए। मधेसमा जनमतकै सतिशकुमार सिंहको सरकार छ। तर त्यही जनमतले भने केन्द्रमा माओवादीलाई नै समर्थन दिएको छ। यतिसमय बितिसक्दा पनि जनमत बाहिरिएको छैन। यसले गर्दा कांग्रेस एमालेले सीके राउतको अवस्थालाई दुई नाउमा खुट्टा हालेको बताइरहेका छन्।जनमत अहिले मौन छ। अबको सरकारलाई समर्थन दिने नदिनेबारे पनि जनमतले निर्णय लिएको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.