पोखरा— कास्की जिल्लामा क्रियाशील नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव कार्यक्रमको तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

कार्यक्रमको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको छ र छिट्टै वार्षिकोत्सव भव्य रूपमा आयोजना गर्ने भएको होे । सो समाजले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सवलाई यसपटक अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

कार्यक्रममा समाजले विगत वर्षमा गरेका विकास, सेवा तथा सामाजिक कार्यको समीक्षा गर्नुका साथै आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्ने जनाएको छ।

समाजले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, स्वच्छता र महिला सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ।

कार्यक्रमको मिति, स्थान र अतिथि विवरण चाँडै सार्वजनिक गरिने संस्थाले जनाएको छ।