राजनीति

    Showing 9,811-9,820 of 10,379 items.
  • एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु

    काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार शुरु भएको बैठक शनिबार पनि सञ्चालन भएको हो ।नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच जारी विवादका कारण केन्द्रीय कमिटी बैठकलाई चासोका साथ हेरिएको उक्त बैठकमा पार्टीको माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन । वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् । बैठकमा उपाध्यक्ष वामदेव गौतमपनि सहभागी भएका छन् र उनले पार्टी एकतामा जोड दिँदै त्यसको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।पार्टीमा विवाद जारी रहँदा नेपाल पक्षका २३ ज

    • प्रकाशित मितिः असार १९, २०७८
    • 93 पटक पढिएको
  • एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

    बिर्तामोड / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । आज (शनिबार) अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बैठक बालुवाटारमा बस्ने भएको हो ।  एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा आगामी मंसिर २ गते देखि हुने भनिएको दसौँ महाधिवेशनको मिति सार्ने तयारी बारे छलफल हुनेछ बताए ।कात्तिक–मंसिरमा चुनावको मिति घोषणा भैसकेको अवस्थामा फागुनमा स्थानीय चुनाव गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘हामीले पार्टीको महाधिवेशन पनि गर्नुपर्ने छ’ उनले भने, ‘मंसिर २ देखि ६ मा हुने भनिएको महाधिवेशनको मितिबारे आजको बैठकबाट पुनर्विचार हुने सम्भावना छ ।’महाधिवेशनको मिति आसन्न असोजमा सार्न

    • प्रकाशित मितिः असार १९, २०७८
    • 90 पटक पढिएको
  • राज्यमन्त्री शर्माको राजीनामा : सङ्कटमा मुख्यमन्त्री पोख्रेल

    बुटवल /  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो पद जोगाउन सरकारमा लगेका जसपाका मन्त्रीले नै राजिनामा दिएपछि फेरि उनी नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ ।आफू अल्पमतमा परेपछि उनले सरकार जोगाउन जसपालाई साथमा लिएर मन्त्री मण्डल बनाएका थिए । मन्त्री मण्डलमा रहेकी जसपाकी सांसद सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि प्रदेश सरकार संकटमा परेको हो । रायमाझी पोख्रेल नेतृत्वको सरकारमा एवं  राज्यमन्त्री थिइन् ।पोख्रेल नेतृत्वको सरकारलाई आफ्नो पार्टी जसपाले समर्थन नगर्ने भएकाले राजीनामा दिएको उनले बताएकी छन् । जसपाका चार सांसदको समर्थन जुटाएर पोख्रेलले आफ्नो सरकार जोगाएका थिए ।&

    • प्रकाशित मितिः असार १८, २०७८
    • 238 पटक पढिएको
  • माधव समूहलाई बैठकमा सहभागी हुन ओलीको आग्रह

    काठमाडौं  / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई शनिबार बस्ने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव समूहका नेताहरूलाई बैठकमा सहभागी हुन आह्वान गरेका हुन् । ओलीले भने  ‘बामदेव गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनु भएको छ । उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु ।’

    • प्रकाशित मितिः असार १८, २०७८
    • 106 पटक पढिएको
  • कांग्रेस पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्ने भएको छ । यसअघि विहीबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ । क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण, समायोजन लगायतका विषयमा निर्णय लिन बैठक बस्न लागेका कांग्रेसका एक नेताले जानकारी दिए । पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ। छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको छ। महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्री

    • प्रकाशित मितिः असार १८, २०७८
    • 153 पटक पढिएको
  • संसद्पुत्र कार्की जेल चलान

    विराटनगर / मदिरा सेवन गरी कार दुर्घटना गराएका प्रदेश संसद् बिन्दिया कार्कीका छोरा २४ वर्षीय रविनसिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन् । उनलाई बुधबार मोरङ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गत जेठ २० गते राति प्रदेश संसद् बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले कार्कीले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका –२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।  कार्कीविरुद्ध सरकारी वकि

    • प्रकाशित मितिः असार १६, २०७८
    • 323 पटक पढिएको
  • आइन्दा यस्तो गल्ती गर्दिनँ : मन्त्री श्रेष्ठ

    काठमाडौं / जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई छुटाइ विवादित बनेका  शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोग समक्ष माफी मागेका छन् । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका मन्त्री श्रेष्ठले आयोग पदाधिकारीहरूसँगको छलफलमा गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।जातीय विभेदको आरोपमा पक्राउ परेकी घरधनीलाई छुटाई आफ्नै गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी

    • प्रकाशित मितिः असार १६, २०७८
    • 144 पटक पढिएको
  • एमालेको कमिटी बैठक बालुवाटारमा शुरु

    काठमाडौं  / नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा केही प्रस्ताव पेश र अनुमोदन बाहेक अन्य छलफल नहुने एमाले नेताहरूको भनाइ छ ।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरू भने गएका छैनन् ।माधव नेपाल समूहले विधानले नचिन्ने बैठक गुटको भएकाले अनुपस्थित भएको जनाएको छ । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौँ महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

    • प्रकाशित मितिः असार १६, २०७८
    • 96 पटक पढिएको
  • रुपा सुनार प्रकरण: प्रधानमन्त्रीको उपस्थितीमा मन्त्री परिषदमा छलफल

    काठमाडौं / कोठा भाडाको विषयलाई लिएर सुरु भएको जातीय विभेदको विषयले मन्त्रीपरिषदमा समेत प्रवेश पाएको छ । जातीय विभेदका आरोपी छुटाउन संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ नै पुगेपछि उनीमाथि कारवाहीको माग भईरहेका वेला सो विषयले मन्त्री परिषदमा प्रवेश पाएको हो ।आफ्नै दल सम्वद्ध दलित समुदायका नेताले विरोध थालेर सरकार विरोधी आन्दोलन चर्काउन सहयोग पुगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री श्रेष्ठलाई सो विषयमा सचेत गराएका छन् ।वैठकमा प्रधानमन्त्री ओलीले श्रेष्ठलाई संवेदनशिल विषयमा भावना र आवेगमा आएर कुनै पनि काम नगर्न भन्दै श्रेष्ठलाई सचेत गराएका हुन् । वैठकमा

    • प्रकाशित मितिः असार १५, २०७८
    • 154 पटक पढिएको
  • समस्यामा परेकालाई खाद्यान्न वितरण गर्दै माओवादी

    बिर्तामोड / नेकपा माओवादी केन्द्र भद्रपुरको कोभिड तथा विपद व्यवस्थापन समितिले आर्थिक समस्यामा परेका र संक्रमण भएकाको परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।समितिले निषेधाज्ञाका कारण समस्यामा परेका ५ सय १० परिवार र कोरोना संक्रमित १ सय ३० परिवारलाई खाद्यान्न र पौष्टिक खानेकुरा वितरण गरेको हो । गरिब तथा विपन्न परिवारलाई प्रति परिवार १० किलो चामल , १ किलो दाल , १ प्याकेट नुन र आधा लिटर तेल र संक्रमितलाई घरमा नै पुगेर पौष्टिक खानेकुरा सहयोग गरेको माओवादी नेता हिक्मत घिमिरेले जानकारी गराएका छन्। कोरोना संक्रमण भएका र समस्यामा परेकालाई सहयोग गर्न माओवादीले बनाएको समितिमा घिमिरे , एनपी सुब्बा, खगेन्द्र प

    • प्रकाशित मितिः असार १५, २०७८
    • 231 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.