बुटवल /  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो पद जोगाउन सरकारमा लगेका जसपाका मन्त्रीले नै राजिनामा दिएपछि फेरि उनी नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ ।

आफू अल्पमतमा परेपछि उनले सरकार जोगाउन जसपालाई साथमा लिएर मन्त्री मण्डल बनाएका थिए । मन्त्री मण्डलमा रहेकी जसपाकी सांसद सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि प्रदेश सरकार संकटमा परेको हो । रायमाझी पोख्रेल नेतृत्वको सरकारमा एवं  राज्यमन्त्री थिइन् ।

पोख्रेल नेतृत्वको सरकारलाई आफ्नो पार्टी जसपाले समर्थन नगर्ने भएकाले राजीनामा दिएको उनले बताएकी छन् । जसपाका चार सांसदको समर्थन जुटाएर पोख्रेलले आफ्नो सरकार जोगाएका थिए । 
209611450_423748818614003_7486893936453033079_n