बिर्तामोड / नेकपा माओवादी केन्द्र भद्रपुरको कोभिड तथा विपद व्यवस्थापन समितिले आर्थिक समस्यामा परेका र संक्रमण भएकाको परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

समितिले निषेधाज्ञाका कारण समस्यामा परेका ५ सय १० परिवार र कोरोना संक्रमित १ सय ३० परिवारलाई खाद्यान्न र पौष्टिक खानेकुरा वितरण गरेको हो । गरिब तथा विपन्न परिवारलाई प्रति परिवार १० किलो चामल , १ किलो दाल , १ प्याकेट नुन र आधा लिटर तेल र संक्रमितलाई घरमा नै पुगेर पौष्टिक खानेकुरा सहयोग गरेको माओवादी नेता हिक्मत घिमिरेले जानकारी गराएका छन्।

OM Sai Pathibhara Hospital

कोरोना संक्रमण भएका र समस्यामा परेकालाई सहयोग गर्न माओवादीले बनाएको समितिमा घिमिरे , एनपी सुब्बा, खगेन्द्र पराजुली, नरेश सञ्जेल र पुकार राजवंशी सहित ११ जना रहेका छन् ।

माओवादी केन्द्र भद्रपुरले बनाएको कोभिड तथा विपद व्यवस्थापन समितिले कोरोना संक्रमण र आर्थिक अभावले खानपिनमा समस्या भएमा ९८५२६७८७८४, ९८५२६७७१७०, ९८५२६२०३०४, ९८०७९१२६५५, ९८१३८६७८४८ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।