काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई शनिबार बस्ने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव समूहका नेताहरूलाई बैठकमा सहभागी हुन आह्वान गरेका हुन् ।
ओलीले भने ‘बामदेव गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनु भएको छ । उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु ।’