काठमाडौं / नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा केही प्रस्ताव पेश र अनुमोदन बाहेक अन्य छलफल नहुने एमाले नेताहरूको भनाइ छ ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरू भने गएका छैनन् ।
माधव नेपाल समूहले विधानले नचिन्ने बैठक गुटको भएकाले अनुपस्थित भएको जनाएको छ । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौँ महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।