काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्ने भएको छ । यसअघि विहीबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।

बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ । क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण, समायोजन लगायतका विषयमा निर्णय लिन बैठक बस्न लागेका कांग्रेसका एक नेताले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ। छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको छ। 

महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्रीय समितिलाई असार २० भित्र क्रियाशील सदस्यताको सूची बुझाउनुपर्नेछ ।