काठमाडौं / जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई छुटाइ विवादित बनेका  शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोग समक्ष माफी मागेका छन् । 

जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका मन्त्री श्रेष्ठले आयोग पदाधिकारीहरूसँगको छलफलमा गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।

OM Sai Pathibhara Hospital

जातीय विभेदको आरोपमा पक्राउ परेकी घरधनीलाई छुटाई आफ्नै गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।

आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री श्रेष्ठलाई जातीय विभेदलाई प्रश्रय दिने खालको गतिविधि नगर्न सचेत गराएका थिए ।