राजनीति

    Showing 9,551-9,560 of 10,379 items.
  • सप्तरीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार

    राजविराज ( रासस ) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटमा सप्तरीको बोदे बसाइन नगरपालिकामा अनियमितता भएको खुलेको छ।सो कार्यक्रमअन्तर्गत बोदे बसाइन–१ र ७ मा दैनिक ज्यालादारी अशिक्षित मजदुरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमितता भएको जनाउँदै स्थानीय मजदुरहरूले विरोध जनाएका थिए।मजदुरले पाउने ज्याला नदिई अनियमितता गरेको स्थानीयबासीले आरोप लगाएका छन्।आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले १२८ जनालाई काममा लगाएको छ जबकि नगरपालिकाले ४० लाई मात्र काम लगाउन भनिएको थियो।काममा लगाइएकामध्ये ७० को नाममा सिटिजन बैंकको खातामा रकम जम

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 122 पटक पढिएको
  • माधव नेपाल पक्षका सांसद पदमुक्त !

    बिर्तामोड / नेकपा एमाले भित्र लामो समय देखि कायम मतभेद र विवाद उत्कर्षमा पुगेको छ । एमालेलाई फुटाउन सहयोग पुग्ने गरी सरकारले अध्यादेश ल्याएपछि एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको ओली समुहको बैठकले नेता नेपाल सहित शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका सांसदलाई कारवाही गर्ने निर्णय गरेको हो । ओली समुहका सांसदको बानेश्वर स्थित संसद भवनमा बसेको बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो ।नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको भन्दै एमालेको ओली समुहले संसद सचिवालयमा पत्र समेत पठाएको छ । संसद स

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 130 पटक पढिएको
  • राजेन्द्र महतोका सहयोगी उपेन्द्रको पक्षमा

    जनकपुर / जनता समाजवादी पार्टीको महन्त ठाकुर –राजेन्द्र महतो समुहका नेता एवं जनकपुरधामका मेयर लालकिशोर साह कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा लागेका छन् ।जसपाका केन्द्रीय सदस्यसमेत रहेका उनी काठमाडौंमा जारी उपेन्द्र यादव समुहको केन्द्रीय समितिको बैठकमा सहभागि भएका हुन् ।राजपाबाट मेयरमा निर्वाचित भएका उनले महतोलाई जिताउन भूमिका खेलेका थिए । 

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 111 पटक पढिएको
  • गिरीबन्धुलाई झट्का : जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन

    बिर्तामोड / केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला व्यवसायीसँगको मिलेमतोमा गरेको झापाको बिर्तामोड स्थित गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टाको निर्णय रोक्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । अर्बो रुपैयाँ मूल्यको जमिन हडप्न कै लागि प्रचलित कानुन समेत परिवर्तन गरी भएको सट्टापट्टाको निर्णयका विषयमा चौतर्फी विरोध भईरहेका बेला संसदीय समितिले सो काम रोक्न सरकारलाई निर्देशन दिएको हो । सर्वोच्च अदालतमा सो जग्गाका विषयमा मुद्दा बिचाराधिन रहेकै समयमा ओली नेतृत्वको सकारले जग्गा सट्टापट्टा गर्न दिने गरी कानुन नै परिवर्तन गरेको थियो । संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलब

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 439 पटक पढिएको
  • आयो अध्यादेश : माधव नेपाल र महन्त ठाकुरलाई पार्टी फुटाउन भयो सहज

    काठमाण्डौ / पार्टी विभाजनको लागि कानुनी अड्चन हटाएर एमालेको माधव नेपाल नेतृत्वको समुहलाई सहज हुने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी ऐनलाई प्रतिस्थापन गर्ने गरी विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याउने निर्णय गरेको हो ।यसअघिको ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या हुनु पर्ने व्यवस्था रहेको थियो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अन्य दल फुटाउनका लागि अध्यादेश ल्याउने पटक–पटक कोसिस गरेका थिए । आफू नेतृत्वको सरकारका काम आफू अन

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 203 पटक पढिएको
  • प्रदेश नं २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

    काठमाडौँ  / प्रदेश नं २ का प्रदेश प्रमुखमा महोत्तरीका हरिशंकर मिश्र नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गरेकि हुन् ।यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 124 पटक पढिएको
  • संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौँ//सरकारले एमाले फुटाउन अध्यादेश ल्याउने भएको छ। एमालेको माधवकुमार नेपाल समूहलाई सजिलो पार्ने उद्देश्यसहित राजनीतिक दल संशोधन अध्यादेश ल्याउन छलफल शुरु भएको छ । दुबै संसद अधिवेशन अन्त्यका लागि  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकाएक राष्ट्रपतिसमक्ष सिफारिस समेत गरिसकेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।सरकारले संसदलाई पर्याप्त बिजनेश नदिएपछि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेर अधिवेशन अन्त्य गरेको स्रोतले बताएको छ। सरकारले कानुनविज्ञ तथा सत्ता गठबन्धन दलका नेताहरुसँग छलफल गरिरहेको देउवा निकट एक नेताले

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 127 पटक पढिएको
  • प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र, अहिराज पद मुक्त

    बिर्तामोड / सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुख राजेश अहिराजलाई बर्खास्त गरी मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वसांसद मिश्रलाई प्रदेश २ को प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको जानकारी दिए । 

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 200 पटक पढिएको
  • भूपू ब्रिटिस गोर्खाहरूलाई आमरण अनशन फिर्ता लिन सरकारको आग्रह

    बिर्तामोड / सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलाई आमरण अनशन फिर्ता लिन आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायतमा जारी आमरण अनशन फिर्ता लिन गोर्खालाई आग्रह गरेको हो । बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिँदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, – ‘आमरण अनशन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलाई आह्वान गरेका छाैँ ।’आफूहरू विरुद्ध भेदभाव भएको भन्दै पूर्वगोर्खा सैनिकहरू बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि अनशन बसेका छन्

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 198 पटक पढिएको
  • अफगानिस्तान युद्ध : नेपालीलाई छिटो उद्धार गर्ने मन्त्रिपरिषदको निर्णय

    बिर्तामोड / सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेकाे छ। बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै सो निर्णय गरेको हो।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद बैठककाे निर्णय सुनाउँदै भने, – ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै, त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि समन्वयात्मक रूपले काम गर्न निर्देशन दिएका छाैँ ।’

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 174 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.