बिर्तामोड / सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेकाे छ।
बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै सो निर्णय गरेको हो।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद बैठककाे निर्णय सुनाउँदै भने, – ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै, त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि समन्वयात्मक रूपले काम गर्न निर्देशन दिएका छाैँ ।’