बिर्तामोड / नेकपा एमाले भित्र लामो समय देखि कायम मतभेद र विवाद उत्कर्षमा पुगेको छ । एमालेलाई फुटाउन सहयोग पुग्ने गरी सरकारले अध्यादेश ल्याएपछि एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको ओली समुहको बैठकले नेता नेपाल सहित शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका सांसदलाई कारवाही गर्ने निर्णय गरेको हो । ओली समुहका सांसदको बानेश्वर स्थित संसद भवनमा बसेको बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको भन्दै एमालेको ओली समुहले संसद सचिवालयमा पत्र समेत पठाएको छ । संसद सचिवालयमा पठाएको पत्रको बोधार्थ निर्वाचन आयोगलाई दिइएको छ ।

एमाले स्रोतले माधव कुमार नेपाल , मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी लगायतलाई पदमुक्त गर्ने निर्णय भएको जानकारी गराएको छ ।