काठमाडौँ//सरकारले एमाले फुटाउन अध्यादेश ल्याउने भएको छ।
एमालेको माधवकुमार नेपाल समूहलाई सजिलो पार्ने उद्देश्यसहित राजनीतिक दल संशोधन अध्यादेश ल्याउन छलफल शुरु भएको छ ।
दुबै संसद अधिवेशन अन्त्यका लागि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकाएक राष्ट्रपतिसमक्ष सिफारिस समेत गरिसकेको छ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
सरकारले संसदलाई पर्याप्त बिजनेश नदिएपछि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेर अधिवेशन अन्त्य गरेको स्रोतले बताएको छ।
सरकारले कानुनविज्ञ तथा सत्ता गठबन्धन दलका नेताहरुसँग छलफल गरिरहेको देउवा निकट एक नेताले जानकारी गराएका छन्।