काठमाडौँ / प्रदेश नं २ का प्रदेश प्रमुखमा महोत्तरीका हरिशंकर मिश्र नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गरेकि हुन् ।
यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।