बिर्तामोड / सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुख राजेश अहिराजलाई बर्खास्त गरी मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

गृहमन्त्री बालकृष्ण खाणले कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वसांसद मिश्रलाई प्रदेश २ को प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको जानकारी दिए ।