बिर्तामोड / सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलाई आमरण अनशन फिर्ता लिन आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायतमा जारी आमरण अनशन फिर्ता लिन गोर्खालाई आग्रह गरेको हो । 

बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिँदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, – ‘आमरण अनशन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलाई आह्वान गरेका छाैँ ।’

OM Sai Pathibhara Hospital

आफूहरू विरुद्ध भेदभाव भएको भन्दै पूर्वगोर्खा सैनिकहरू बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि अनशन बसेका छन् ।