काठमाडौं । जर्मनीले नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी वार्तापछि जर्मनीले आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो ९करिब ५ अर्ब ८० करोड रुपैयाँ० बराबरको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।उक्त सहयोग मुख्यतः ऊर्जा, स्वास्थ्य, दिगो आर्थिक विकास र पूर्वाधार सुधारका क्षेत्रमा खर्च गरिने बताइएको छ। जर्मनीले नवीकरणीय ऊर्जा प्रवर्द्धन, विद्युत् वितरण प्रणाली सुधार, कृषि क्षेत्रको आधुनिकीकरण, राजस्व प्रणाली सुदृढीकरण तथा वित्तीय पहुँच विस्तारमा समेत सहयोग गर्नेछ।दुवै देशबीच सम्पन्न द्विपक्षीय वार्तामा विका
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि मन्त्रालयको बजेट सीमित स्रोतबीच प्राथमिकताका आधारमा विनियोजन गरिएको स्पष्ट पारेकी छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले राष्ट्रिय स्रोतमा परेको चापका कारण मन्त्रालयको बजेट अपेक्षाकृत कम देखिएको बताइन्। उनका अनुसार मन्त्रालयले बजेट तथा कार्यक्रम सिलिङभित्र रहेर प्रस्ताव तयार गरेको हो। उनले भनिन्, ‘कृषि क्षेत्रमा भएको बजेट विनियोजन पर्याप्त हुन नसकेको विषयमा मेरो पनि समान बुझाइ रहेको छ।’ आगामी आर्थिक वर्षका लागि संघीय निकाय तर्फ ६० अर्ब ३० करोड, प्रदेश सशर्त अनुदान त
काठमाडौं । सरकारले वर्षौंदेखि ‘फ्री भिसा, फ्री टिकट’ को नीति लागू गरेको दाबी गरिरहे पनि वैदेशिक रोजगार व्यवसायीहरूले त्यसलाई व्यवहारमा असफल भएको बताएका छन्। उनीहरूका अनुसार मलेसिया र खाडी मुलुकमा रोजगारीका लागि जाने एक नेपाली श्रमिकले अहिले पनि औसतमा १ लाख ३४ हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ।व्यवसायीहरूले सार्वजनिक गरेको विवरणअनुसार राहदानी, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, बीमा, सामाजिक सुरक्षा कोष, भिसा प्रक्रिया, यातायात र हवाई टिकटलगायतका शीर्षकमा ठूलो रकम खर्च हुने गरेको छ। त्यसमा म्यानपावर कम्पनीको सेवा शुल्क जोड्दा कुल लागत १ लाख ३४ हजार रुपैयाँभन्दा माथि पुग्ने
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीभित्र सञ्चालन भइरहेको पुनर्गठन अभियान कुनै पनि आरोप, आलोचना वा अवरोधका बाबजुद सफल हुने बताएका छन्।सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले पार्टीलाई थप सुदृढ, व्यवस्थित र जनअपेक्षाअनुसार रूपान्तरण गर्ने उद्देश्यका साथ अभियान अघि बढाइएको उल्लेख गरेका छन्। उनले एमाले कार्यकर्ता र समर्थकहरूको साथले अभियानले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरेका छन्।पोखरेलले व्यक्तिगत कारणले अभियानका कार्यक्रममा प्रत्यक्ष सहभागी हुन नसकेको पनि बताएका छन्। उनकी धर्मपत्नी मीराको स्वास्थ्यमा समस्या देखिएकाले उपचार र पारिवारिक जिम्मेवारीमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनका लागि प्रतिनिधि र पर्यवेक्षकको शुल्क निर्धारण गरेको छ। पार्टीले महाधिवेशन प्रतिनिधिबाट ५ हजार रुपैयाँ र पर्यवेक्षकबाट २ हजार रुपैयाँ अतिरिक्त शुल्क लिने निर्णय गरेको हो।रास्वपाका अनुसार महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। आर्थिक अवस्था कमजोर भएका सदस्यहरूलाई सहभागी हुन सहज बनाउन सहायता कोषसमेत सञ्चालन गरिने जनाइएको छ।पार्टीको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ। रास्वपा स्थापना भएको चार वर्ष पूरा भएको अवसर पारेर महाधिवेशन गर्न लागिएको हो।महाधिवेशन व्यवस्थापनका लागि मूल
काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको छ।बुधबार विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिइरहेका थिए। सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्ने प्रयास गरेका थिए।तर, कार्यसूचीअनुसार प्रक्रिया अघि बढाउनुपर्ने भन्दै सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न अनुमति दिएनन्। त्यसपछि असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदहरू बैठक कक्षको वेलमा पुगेका थिए।वेल घेराउ भएपछि सभामुख अर्यालले सांसदहरूला
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूले दिएको अभिव्यक्तिलाई लिएर फेरि विवाद देखिएको छ। बुधबारको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले एकअर्काका भनाइप्रति आपत्ति जनाएका हुन्।नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद गणेश कार्कीले विरोध जनाए। उनले संसद् नियमावलीविपरीत टिप्पणी गरिएको भन्दै उक्त भनाइ अभिलेखबाट हटाउन माग गरे। कार्कीको आपत्तिपछि सभामुखले पनि सम्बन्धित अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै सांसदहरूलाई संसदीय मर्यादा र नियम पालना गर्न आग्रह गरे।यस्तै, नेकपा एमाल
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूले खाना नपाएको र बालबालिकाहरूको पढाइसमेत प्रभावित भएको विषय संसदमा उठाएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारको सुकुम्बासी व्यवस्थापन अभियान मानवीय संवेदनाभन्दा बाहिर गएको टिप्पणी गरे। विभिन्न स्थानमा विस्थापित परिवारहरू भोकभोकै बस्न बाध्य भएको र बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएको उनले बताए।केसीले पछिल्ला केही घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरे। कीर्तिपुरमा भोजराज दर्जीको मृत्यु, बागमतीमा हामफालेका इन्द्रबहादुर राई, झुन्डिएको अवस्थामा भ
काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सामाजिक सञ्जालमा महिला सांसदहरूलाई लक्षित गरेर भइरहेको साइबर बुलिङप्रति चिन्ता व्यक्त गरेकी छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सभामुखसँग सामान्य रूपमा हाँसेको विषयलाई अनावश्यक रूपमा उचालेर महिला सांसदहरूको चरित्रमाथि प्रश्न उठाइएको बताइन्। यस्तो प्रवृत्तिले महिला प्रतिनिधिहरूलाई असहज बनाएको उनको भनाइ थियो।बरालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा त्यसअनुसार मूल्य समायोजन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले राजनीतिक र संसदीय गतिविधिमा दोहोरो मापदण्ड देखिएको आरोपसमेत लगाइन्। सत्ता पक्षका नेताहरूका विवादा
विराटनगर । भारतले नेपाली चियाको आयातमा कडाइ गरेपछि पूर्वी नेपालका चिया उद्योग संकटमा परेका छन्। इलामका ५३ वटा चिया उद्योग बन्द भइसकेका छन् भने झापाका थप ३६ उद्योग पनि बन्द हुने तयारीमा छन्।चिया टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो पत्ती बेच्न सकेका छैनन्। धेरै ठाउँमा किसानले बोटमै चिया खेर फाल्नुपर्ने अवस्था आएको छ।उद्योग बन्द हुँदा करिब ७० हजार मजदुरको रोजगारीसमेत प्रभावित भएको छ। मजदुर संगठनका नेताहरूले मजदुर र उनीहरूका परिवारको दैनिकी नै संकटमा पर्ने चेतावनी दिएका छन्।चिया व्यवसायीहरूका अनुसार भारतले गुणस्तर परीक्षणको नाममा नयाँ प्रक्रिया लागू गरेपछि नेपाली चिया
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.