राजनीति

    Showing 881-890 of 7,499 items.
  • जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि जारी बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले बैठकको एजेण्डामा आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, सङ्गठनात्मक कार्ययोजनालगायत केन्द्रीय कार्यकारिणी समितिको बैठकको एजेण्डा रहेको बस्नेतले बताए ।जसपा नेपालले कात्तिक १९ र २० गते ललितपुरस्थित थसी ब्याङ्क्वेटमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको उनको भनाइ छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 456 पटक पढिएको
  • प्रदेशका मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्रीले भनिन् – ‘निर्वाचित सरकारबिनाको स्थायित्व सम्भव छैन ’

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै मुलुकको राजनीतिक स्थायित्व, सुरक्षा व्यवस्था र आसन्न निर्वाचनका तयारीबारे विस्तृत चर्चा गरेकी छिन् ।प्रधानमन्त्री कार्कीले देशको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी दिँदै भनिन्, ‘हामी राजनीतिक नेता होइनौँ । भदौ २३ गतेअघिसम्म यस्तो परिस्थिति आउला भन्ने अनुमान पनि थिएन । त्यो दिन बानेश्वरको एउटा घरमा थुनिँदा हामी आफै पनि विस्थापित भयौँ कि जस्तो भएको थियो ।’उनले अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनको वातावरण तयार पार्नु र संविधानले तोकेको परिधिभित्र रहेर काम गर्नु रहेको बताइन् । उनले भनिन्

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 381 पटक पढिएको
  • आज राष्ट्रपति पौडेल कतार जाँदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् ।कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन सोमबार त्यहाँ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । कत

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 393 पटक पढिएको
  • हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ लाई निर्वाचन आयोगको मान्यता आजसम्म यो देशमा नभएको काम गर्नेछुः हर्क साम्पाङ

    काठमाडौं— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ । आयोगले आइतबार पार्टीलाई मान्यता दिएको हो ।मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रुपान्तरणको एजेण्डा लिएर अघि बढ्ने बताए ।उनले भने, ‘हाम्रो एजेण्डा काम गर्ने हो । जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो । उत्पादन, निर्माण र सामाजिक रुपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं ।’साम्पाङका अनुसार श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वा

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 426 पटक पढिएको
  • कांग्रेस बैठक पुनः स्थगित, युवाहरुले गरे विरोध प्रदर्शन

    काठमाडौं—  नेपाली कांग्रेसको आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।, मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ कात्र्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ । 

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 440 पटक पढिएको
  • वरीयता टुंग्याउँदै प्रचण्ड र माधव नेपाल

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदै छ । यी दुई पार्टीबीच एकता गर्ने पक्का भएपछि वरीयतालगायत विषयमा उनीहरूले छलफल गर्न लागेका माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।उनले  भने, “सम्भवतः पेरिसडाँडामा नै छलफल हुनेछ । दुवै नेताबीच वरीयतालगायत विषयमा छलफल हुने भनिएको छ ।”एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरिएको थियो । त्योसँगै दल दर्ता, संगठनात्मक विषय टुंगो लगाउन दुवै नेता कस्सिएका हुन् ।एकताको गृहकार्य नपुग

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 437 पटक पढिएको
  • नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रासाईले राष्ट्र र राष्ट्रियताप्रति खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण्डाफोर गर्दै आम नेपाली जनतालाई सचेत गराएका छन् ।उनले विगत तीन वर्षदेखि यस्ता गतिविधिहरू सार्वजनिक गर्दै आएका थिए र अहिले थप प्रमाणसहित उनले आइतबार एक भिडियो सावर्जनिक गरेका छन् ।भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मलेन गर्दै प्रसाईले उक्त भिडियो सावर्जनिक गरेका हुन् । जसमा उनले भनेका छन् कि विभिन्न एनजिओ र आइएनजिओहरूले विदेशी फन्डिङको प्रयोग गर्दै समाजमा भ्रम, विभाजन र भ्रष्टाचारको बीजारोपण गरिरहेको छन् । उनले जेनजी आन्दोलन र अन्य राजनीतिक गतिविधिहरूमा यस किसिमको हस्तक्षेप भएक

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 404 पटक पढिएको
  • कांग्रेस महाधिवेशन भाँड्ने खेलमा पूर्णबहादुर खड्का, दुई दिन सारे बैठक

    काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठक दुई दिन सारेका छन् । कांग्रेसको आगामी महाधिवेशनको मितिबारे महामन्त्रीद्वय पक्षधर र संस्थापन पक्षधरबीच सहमति हुन नसक्दा शुक्रबारका लागि तय भएको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो।कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव नराख्न कार्यबाहक सभापति खड्काले आग्रह गरेपछि महामन्त्री गगन थापा बिहीबारको बैठकमा सहभागी नै भएनन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि २१ सम्मको नयाँ महाधिवेशन मिति प्रस्ताव गर्न खोजे पनि कार्यबाहक सभापति खड्काले फागुन ६ देखि महाधिवेशन गर्ने प्रस्ताव महामन्त्रीद

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 228 पटक पढिएको
  • बाबुरामलाई रवि लामिछानेप्रति भरोसा

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई राजनीतिमा किनारा लागिसकेका छन् । स्थिर भएर बस्न नरुचाउने बाबुराम दलबदलमा माहिर छन् । अहिलेसम्म उनले पाँचवटा दल फेरिसकेका छन् । निकट भविष्यमा उनी रास्वपा प्रवेश गरे आश्चर्य नहुने उनी निकट नेताहरु नै बताउँछन् ।माओवादीमा हुँदा अर्थमन्त्री र प्रधानमन्त्रीसमेत बनेका बाबुराम त्यसपछि भने सांसद जित्न नसक्ने अवस्थामा पुगिसकेका छन् । अहिले उनी रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गर्न रुचाउँछन् । कहिले रविलाई राज्यले प्रतिशोध साँध्यो भन्छन्, कहिले जेलमै पुगेर भेट्छन् । शुक्रबार उनी रास्वपाले आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 247 पटक पढिएको
  • प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुन्छः मुख्यमन्त्री बानियाँ

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनता र प्रदेश दुवैको आम्दानी बढाउने बजेट बनाउनुपर्ने बताएका छन् । उनले प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुने भन्दै अबको बजेटले रोजगारी सिर्जना र आर्थिक उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।शनिबार हेटौंडामा आयोजित ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’ विषयक एकदिवसीय अन्तत्र्रिmयात्मक गोष्ठी उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले राजनीतिक उद्धेश्य पूरा गर्नमात्र बजेट बनाउने पुरानो परिपाटी अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘लगानीबाट प्रतिफल आउनुपर्ने र त्यस प्रतिफललाई पुनः अन्य क्षेत्रमा लगानी गर्नसक्ने

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 410 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा