काठमाडौं । जर्मनीले नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी वार्तापछि जर्मनीले आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो ९करिब ५ अर्ब ८० करोड रुपैयाँ० बराबरको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।
उक्त सहयोग मुख्यतः ऊर्जा, स्वास्थ्य, दिगो आर्थिक विकास र पूर्वाधार सुधारका क्षेत्रमा खर्च गरिने बताइएको छ। जर्मनीले नवीकरणीय ऊर्जा प्रवर्द्धन, विद्युत् वितरण प्रणाली सुधार, कृषि क्षेत्रको आधुनिकीकरण, राजस्व प्रणाली सुदृढीकरण तथा वित्तीय पहुँच विस्तारमा समेत सहयोग गर्नेछ।
दुवै देशबीच सम्पन्न द्विपक्षीय वार्तामा विकास साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा सहमति भएको छ। नेपाल सरकार र जर्मनीका अधिकारीहरूले आगामी दिनमा हरित विकास, लैङ्गिक समानता र गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर सहकार्य अगाडि बढाउने बताएका छन्।
नेपालले विकास साझेदार राष्ट्रबाट प्राप्त सहयोगलाई उत्पादनशील र दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा केन्द्रित गर्ने अपेक्षा गरिएको छ।




































