राजनीति

    Showing 8,861-8,870 of 9,657 items.
  • मनिषा कोइरालाले नयाँ दल खोल्दै

    काठमाडौँ / नेपालमा जन्मिएकी चर्चित भारतिय अभिनेत्री मनिषा कोइराला र वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी लगायतका व्यक्तिहरूले नयाँ राजनीतिक दल खोल्ने तयारी गरेका छन् । आगामी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर धर्मनिरपेक्षता र संघीयताको खारेजीलाई मूल मुद्दा बनाएर नयाँ राजनीतिक दल खोल्न लागेका हुन् ।

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 220 पटक पढिएको
  • गिरीबन्धुको जग्गा प्रकरण : मुख्य मतियारको हातमा गृहमन्त्रालयको साँचो

    बिर्तामोड  / झापाको बिर्तामोड स्थित गिरीबन्धु टि स्टेट जग्गा प्रकरणका विषयमा छानविन गरी संलग्नमाथि कारवाही गर्न माग भईरहेका बेला शेर बहादुर देउवा नेतृत्वको सरकारले सो प्रकरणमा मुख्य भूमिका खेलेका सरकारी अधिकारीलाई पुरस्कृत गरेको छ ।मन्त्रीपरिषदको सोमबार बसेको वैठकले सो जग्गाा प्रकरणमा मुछिएका भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टेक नारायण पाण्डेलाई शक्तिशाली मन्त्रालय सुम्पेर पुरस्कृत गर्ने काम गरेको हो । सोमबारको बैठकले पाण्डेलाई गृहमन्त्रालयको सचिवमा सरुवा गरेको हो ।मिलेमतोमा सरकारी ऐन नै परिवर्तन गराएर बजार क्षेत्रमा कम्पनीको नाममा हदबन्दी भन्दा वढि रहेको २ सय ८० विगाहा जग्गा हत्

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 544 पटक पढिएको
  • असाधारण जनमतबाट प्रधानमन्त्री बन्छु : ओली

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण जनमतबाट आफू फेरि पनि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले असाधारण जनमतबाटै आफू पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।उनले भने– ‘‘हेरिराखे हुन्छ । म मूलबाटो, मूल ढोकाबाटै फेरी आउँछु । असाधारण जनमतबाट पुनः प्रधानमन्त्री बन्छु ।’ आफ्नो कार्यकालमा धेरै काम भएको दावी गर्दै उनले आफू नेपाली जनताकै मतबाट प्रधानमन्त्री हुने दावी गरेका हुन् ।ओलीले आफु देश र जनताको सेवाका लागि नै जन्मिएको जिकिर गर्दै भने – म प्रधानमन्त्री हुन  जन्मिएको हैन , तर काम गर्दै जाँदा प्रधानमन्त्री भए ।सम्बोधनका क्रममा ओलील

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 176 पटक पढिएको
  • ओली सरकारले योग्यता नै नपुगेकालाई गभर्नर बनाएको खुलासा

    काठमाडौँ /  केपी शर्मा ओली नेतृत्वको सरकारले योग्यता नै नपुगेका महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको खुलेपछि अर्थमन्त्री जनार्दन शर्माले सो विषयमा चासो देखाउँदै छानविन थालेका छन् । राष्ट्र बैंक ऐन मिचेर अधिकारीलाई ओली नेतृत्वको सरकारले नियुक्त गरेको खुलेपछि मन्त्री शर्माले उनको विषयमा छानविन अघि बढाएका हुन् ।मन्त्री शर्माले छानविन थालेपछि यस आर्थिक वर्षको मौद्रिक निती समेत प्रभावित बनेको छ । कारवाही हुने सम्भावना देखिएपछि गभर्नर अधिकारी मौद्रिक नितीलाई थाती राखेर आफ्नो पद जोगाउन सकृय बनेको राष्ट्र बैंक स्रोतले जानकारी गराएको छ । ओली नेतृत्वको सरकारले गत चैत्र २

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 395 पटक पढिएको
  • खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सर्वसम्मतिले स्वीकृत

    काठमाडौँ  /राष्ट्रियसभाको आजको बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका प्रकाश पन्त र अनिता देवकोटा तथा नेकपा (माओवादी केन्द्र)का रामनारायण विडारी र मायाप्रसाद शर्माले भाग लिएका थिए ।प्रतिपक्षी दल नेकपा (एमाले)का खिमलाल भट्टराई, ठगेन्द्रप्रसाद पुरी, गङ्गाकुमारी बेल्वासे, उदया शर्मा पौडेल, डा बिमला पौडेल राई तथा स्वत

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 261 पटक पढिएको
  • फरक पार्टी निर्माणको तयारीमा माधव नेपाल समूह

    काठमाडौं / एमालेको आन्तरिक कलह हल गर्नका लागि अहिले सम्म भएका प्रयास सफल नहुने भएपछि माधव नेपाल समूह नयाँ पार्टी निर्माणको दिशातर्फ अग्रसर बनेको छ । पार्टी एकताका लागि बनेको कार्यदलले बैठक रोक्नका लागि गरेको आग्रह ओली पक्षले अस्वीकार गरेपछि एकता प्रकृया हालका लागि स्थगन भएको हो ।पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाउने र अध्यक्ष इतरको समूहलाई पदाधिकारीमा जान नै नसक्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेपछि एकता प्रकृया स्थगन भएको हो । एकताको प्रयास जारी राखेकै समयमा सोमबार सम्पन्न माधव समूह बाहेकको पार्टीको बैठकले दूरगामी महत्वका निर्णय गरेपछि माधव नेपाल समूह फरक पार्टी निर्माणको बाटोमा अग्रसर बन

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 199 पटक पढिएको
  • एमालेको विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन

    काठमाडौं//नेकपा एमालेले भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ। पार्टीको विधान संशोधन प्रस्तावलाई केन्द्रीय समिति बैठकमा पेश गरेसंगै स्थायी समिति बैठकबाट पारित विधान संशोधन प्रस्तावलाई केन्द्रीय समितिले अघि बढाएको हो।एमालेको आगामी केन्द्रीय समिति बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका छन्।राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा केपी शर्मा ओली,सदस्यहरूमा  वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे रहेका छन्। यसैगरी स

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 112 पटक पढिएको
  • उपेन्द्र यादव बने ३५ जना समिति सहितका एकल अध्यक्ष

    बिर्तामोड / निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) मा अव ३५ जना मात्र कार्यकारिणी समिति रहने निर्णय गरेको छ ।  आयोगले सोमबार जसपा भित्रको आन्तरिक विवाद समाधानका लागि परेको निवेदनको सुनुवाइ गर्दै सो निर्णय गरेको हो । जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई अधिकारिकता दिएको थियो । आयोगमा ५१ जनाको केन्द्रीय कार्यकारिणी समितिबाट ३५ जनाको केन्द्रीय कार्यकारिणी समिति रहने गरी अध्याबधिक भएको छ ।ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको एक नेताले जानकारी दिए । ठाकुरसहित जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 225 पटक पढिएको
  • मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ताको माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौँ / लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेशसभा सदस्य लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । गिरीले सोमबार  मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । गिरीले दायर गरेको रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ । विपक्षी गठबन्धनले भने अल्पमतका बाबजुद असंवैधानिक रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको दाबी गर्दै प्रदेशसभाको विश

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 124 पटक पढिएको
  • अदालतले ‘ब्युँतायो’ भूमि आयोग

    बिर्तामोड / सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । अदालतले देउवा नेतृत्वको सरकारले विघटन गरेको भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा छलफलका लागि दुवै पक्षलाई भदौ १ गते बोलाएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 140 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.