काठमाडौं  / नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । 

विहान ८ देखि ५ बजेसम्म मतदानको समय तोकिएको थियो । तर, दिउँसो साढे ११ बजेमात्र मतदान सुरु भएपछि थप चार घण्टा समय थप गरिएको हो । 

OM Sai Pathibhara Hospital

अपरान्ह ५ बजेसम्म १९९३ जनाले मत खसालेका प्रचार समिति संयोजक सुरेश आचार्यले जानकारी दिए ।

मतदानका लागि भृकुटीमण्डप र राष्ट्रियसभामा मतदान केन्द्र तोकिएको छ । कांग्रेसको नयाँ केन्द्रीय समितिको पदाधिकारी र सदस्य चयनका लागि ४७२३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।