काठमाण्डौ / सभापतिको दौडबाट बाहिरिएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

देउवाले प्रकाशमानलाई भावी प्रधानमन्त्री बनाउने बचन दिएकाले देउवालाई सघाउने निर्णयमा उनी पुगेको बताईएको छ । भेटपछि नेता सिंहले भने

 ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं, ‘देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमीकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।’