काठमाडौँ  / नेकपा (एमाले)ले प्रदेश अधिवेशनका लागि प्रदेश कमिटीका गठन गरेको छ ।

एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले सात भौगोलिक प्रदेश र एक गैरभौगोलिक गरी ८ प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहने गरि कमिटी गठन गरेको हो । 

जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, उपाध्यक्षमा टिका चेम्जोङ, सचिवमा चिन्तन पाठक, सहसचिवमा धन तामाङ र शैलेश लामा रहेका छन् । 

त्यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव, उपाध्यक्षमा रेवती पन्त, सचिवमा डा. कृष्ण पौडेल, सहसचिवमा फर्मुद नदाब र आरती भण्डारी रहेका छन् । 

बागमतीको अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरी सुवेदी, सचिवमा विजय सुवेदी, सहसचिवमा रत्न गुरुङ र महेश बर्तौला रहेका छन् भने  गण्डकीको अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनञ्जय दवाडी, सहसचिवमा मञ्जु अधिकारी र रश्मी आचार्य रहेका छन् । 

लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा लक्ष्मण आचार्य, सहसचिवमा लीला राना र दुर्गा थारु रहेका छन् भने कर्णालीको अध्यक्षमा विनोदकुमार शाह, उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा कमल शाही, सहसचिवमा रूपा शाही र टेकराज पछाडि रहेका छन् । 

यसैगरी सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमिल्सिना, सचिवमा धर्मराज पाठक, सहसचिवमा भागिरथी विष्ट र बलदेव रेग्मी रहेका छन् । 

उपत्यका विशेष अध्यक्षमा प्रेमकुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा समिर नेपाल, सहसचिवमा उर्मिला सुनुवार र चन्द्र रिजाल रहेका छन् । 

एमालेको प्रदेश अधिवेशन आगामी माघ ८ गते हुँदैछ ।