काठमाडौँ  / नेकपा एमालेको ९९ सदस्यीय पोलिटब्युरो कमिटी गठन भएको छ। आइतबार बसेको केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो कमिटी गठन गरेको हो। 

पोलिटब्युरोमा एमाले उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाल पनि अटाएका छन्। एमाले पोलिटब्यूरोमा महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन्। 

OM Sai Pathibhara Hospital

पोलिटब्युरो कमिटीको पदाधिकारीमा केपी शर्मा ओली, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु प्रसाद रिमाल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट रहेका छन् । 

त्यस्तै पोलिटब्युरो सदस्यमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, शम्भु साह र डा. राजन भट्टराई रहेका छन् । 

सीता पौडेल, विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ,
हिक्मत कार्की, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, पर्शु मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल र लिला गिरी पनि पोलिटब्युरोको सदस्यमा मनोनित भएका छन् । 

त्यस्तै जगत विश्वकर्मा, कमलप्रसाद चौलागाईं, बालकृष्ण ढुंगेल, ईश्वरबहादुर रिजाल, जितबहादुर गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, राम दयाल मण्ड, दलबहादुर राना, गोकुल घर्ती, वैजनाथ चौधरी, टुकराज सिग्देल, 
लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावल र नारादमुनि राना सदस्यमा रहेका छन् । 

सदस्यमा लिलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बानियाँ, मञ्जुकुमारी चौधरी, अच्युत मैनाली, विशाल भट्टरार्इ, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फुँयाल, ठाकुर गैरे, लकुमार मेयाङ्बो, जुलीकुमारी महतो रहेका छन् । 

त्यसैगरी गौरी वली, निरुदेवी पाल, विमला घिमिरे, लीलाकुमारी भण्डारी, शान्त चौधरी, सीता गिरी वली, नन्दलाल चौधरी, कृष्णबहादुर राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, सूर्यबहादुर थापा, मनकुमार जैसी, सुशिला नेपाल र पार्वत गुरुङ रहेका छन् ।