कास्की / नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ (कुशुम) चयन भएकी छिन् । माओवादीको प्रदेश अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । 

गण्डकी प्रदेश कार्यालय सदस्य उनी गण्डकी प्रदेशसभा सांसद पनि हुन् । माओवादीले गण्डकीमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।

OM Sai Pathibhara Hospital

आकांक्षीहरु धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो ।

दीपक कोइरालालगायत अध्यक्षको दाबेदार थिए । आइतबारदेखि बसेको बैठक अध्यक्ष टुंग्याउन सकस परेपछि सोमबार बिहानसम्म चलेको थियो । 

अब उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी दोस्रो बैठकमा निर्वाचित गरिने माओवादीले जनाएको छ ।