राजनीति

    Showing 8,791-8,800 of 10,378 items.
  • प्रदेश १ मा माओवादीका पदाधिकारी चयन गर्न निर्वाचन

    विराटनगर /  नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका लागि प्रदेश १ मा निर्वाचन हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदान आज (बुधबार) साँझ ७ बजे हुने निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जानकारी दिए । किरातीका अनुसार अध्यक्षलगायत ९ जना पदाधिकारीका लागि निर्वाचन गरिदैछ । नौ पदाधिकारीका लागि ४० जना आकांक्षी छन् ।विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २६९ जनाले मतदान गर्नेछन् ।अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमा

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 102 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : थारुतर्फकाे केन्द्रिय सदस्यमा रामजनम र योगेन्द्र निर्वाचित

    काठमाडौं / नेपाली कांग्रेसको थारुतर्फको केन्द्रिय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् । थारुतर्फ दुई खुला पदमा दुबै जना निर्वाचित भएका हुन् ।निर्वाचित रामजनमले २ हजार ५ सय ३ र योगेन्द्रले २ हजार १ सय ९८ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।यस्तै कांग्रेस केन्द्रिय सदस्य (थारु महिला)मा कल्पना चौधरी २ हजार ५ सय २४ र जीवन राना २ हजार ३ सय ४९ मत ल्याएर निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 95 पटक पढिएको
  • कांग्रेस केन्द्रीय सदस्यमा प्रदेश १ बाट तीन जना निर्वाचित

    काठमाडौँ /  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ बाट केन्द्रीय सदस्यमा तीन जना निर्वाचित भएका छन् । खुलातर्फको दुई पदमा अमृत अर्याल र राजिव कोइराला निर्वाचित भएका छन् भने महिलातर्फबाट महेन्द्रकुमारी लिम्बू निर्वाचित भएकी हुन् । अर्यालले २ हजार ३ सय ८९, कोइरालाले २ हजार १ सय ५२ मत र लिम्बूले २ हजार २२९ मत प्राप्त गरेकी छिन् । सोही पदका प्रत्यासी गोमा कुमारी भट्टराईले ६ सय ९, लिलादेवी बोखिम लिम्बूले १ हजार ७ सय ४७, अनिलकृष्ण प्रसाईँले एक हजार ४२२, आनन्द सन्तोषी राईले २०८१, खिलराज बस्नेतले २८१, जनार्दन राम निरौलाले १४९ र सुमित्रा थरुनीले ३९२ मत ल्याएका छन् ।

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 111 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा गण्डकीका मुख्यमन्त्री पोखरेल निर्वाचित

    काठमाडौँ  / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको  १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी भएका हुन् । गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले निर्वाचित भएका छन् । वाग्लेले दुई हजार ७२० मत प्राप्त गरेका छन् । यस्तै शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाँले एक हजार ९३८ मत प्राप्त गरेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस्तै

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 104 पटक पढिएको
  • बागमती प्रदेशसभाको बैठक आज बस्दै

    मकवानपुर  / बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।प्रदेशसभाको बैठकअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । खड्काका अनुसार संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ ।बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई, विवेकशील

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 94 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि प्रदेश २ मा आज मतदान हुँदै

    जनकपुर  / नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । अधिवेशन अन्तर्गत कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी बन्नेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ । दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता र

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 92 पटक पढिएको
  • रविन्द्र मिश्रले गरे संयोजक पाण्डेलाई पार्टीबाट निष्कासित

    काठमाडौँ  / विवेकशील साझाले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको छ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी विधान र केन्द्रीय समिति निर्णयहरू विपरित गतिविधि गरेको भन्दै पाण्डेलाई साधारण सदस्यबाट निष्कासित गरेको हो । एक विज्ञप्ति जारी गर्दै पाण्डेलाई निष्कासन गरिएको विवेकशील साझा पार्टीले जनाएको हो । विज्ञप्तिमा भनिएको छ, –‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बम

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 95 पटक पढिएको
  • म कुनै गुटबाट महामन्त्री भएको होइन : महामन्त्री शर्मा

    झापा /  नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री  विश्वप्रकाश शर्माले मिडियाका अधिकार कुण्ठित पार्ने कानुनका पक्षमा आफू कहिले सहमत नहुने बताएका छन् । नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शर्माले महाधिवेशनबाट कयौं नेताहरू केन्द्रीय कार्यसमितिमा अटाउन नसकेको भन्दै सबैलाई समेटेर जानुपर्नेमा जोड दिएका छन्। धेरै महत्त्वपूर्ण साथीहरू कार्यसमितिबाट बाहिरिनु भएको छ तर उहाँहरूलाई  पनि गाँसेर जानुपर्ने उनले बताए । विश्वप्रकाश शर्मा महामन्त्रीमा गुटबाट आएको होइनु, उनले भने, बिपीले नेतृत्व ग

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 112 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित

    काठमाडौँ / उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावमा मधेशी क्लष्टरबाट उम्मेद्वारी दिएका चौधरी २२०६ मतसहित निर्वाचित भएका हुन् । मधेसीतर्फ चौधरीसहित अजय चौरसिया २ हजार ५२२, इन्द्रमोहन यादव २ हजार १३८ र दिनेश कुमार यादव १ हजार ९५९, महेन्द्रकुमार राय १ हजार ९८४ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।पाँच जना निर्वाचित भएकोमा चार जना शेरबहादुर देउवा पक्षका हुन् भने इन्द्रमोहन शेखर कोइराला पक्षका मानिन्छन् । 

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 106 पटक पढिएको
  • माओवादी अधिवेशन : बागमती अध्यक्षमा सहयात्री निर्वाचित

    काठमाडौँ / नेकपा माओवादी केन्द्रले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको अध्यक्षमा सहयात्री निर्वाचित भएका छन ।गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका हुन । उनले १६२ मत ल्याएका थिए । पौडेलको प्रतिस्पर्धी दीनानाथ गौतमले ८६ मत ल्याएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।यस्तै प्रदेश समितिको उपाध्यक्षमा रूपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी, सचिवमा इन्द्रबहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा सङ्गीता भट्टराई निर्वाचित हुनुभएको निर्वाचन प्रमुख सुन्दरराज

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.