विराटनगर /  नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका लागि प्रदेश १ मा निर्वाचन हुने भएको छ । 

प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुने भएको हो । 

OM Sai Pathibhara Hospital

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदान आज (बुधबार) साँझ ७ बजे हुने निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जानकारी दिए । 

किरातीका अनुसार अध्यक्षलगायत ९ जना पदाधिकारीका लागि निर्वाचन गरिदैछ । नौ पदाधिकारीका लागि ४० जना आकांक्षी छन् ।

विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २६९ जनाले मतदान गर्नेछन् ।

अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायत दाबेदार छन् ।