काठमाडौँ  / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

कांग्रेसको  १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले निर्वाचित भएका छन् । वाग्लेले दुई हजार ७२० मत प्राप्त गरेका छन् । 

यस्तै शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाँले एक हजार ९३८ मत प्राप्त गरेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यस्तै केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छिन् ।