झापा /  नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री  विश्वप्रकाश शर्माले मिडियाका अधिकार कुण्ठित पार्ने कानुनका पक्षमा आफू कहिले सहमत नहुने बताएका छन् । 

नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

शर्माले महाधिवेशनबाट कयौं नेताहरू केन्द्रीय कार्यसमितिमा अटाउन नसकेको भन्दै सबैलाई समेटेर जानुपर्नेमा जोड दिएका छन्। 

धेरै महत्त्वपूर्ण साथीहरू कार्यसमितिबाट बाहिरिनु भएको छ तर उहाँहरूलाई  पनि गाँसेर जानुपर्ने उनले बताए । 

विश्वप्रकाश शर्मा महामन्त्रीमा गुटबाट आएको होइनु, उनले भने, बिपीले नेतृत्व गर्नुभएको पार्टी उति नै गौरवान्वित छौँ, अझ बढी चुनौती छन् ।

आगामी निर्वाचनमा हुने स्थानीय तहको चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने पनि उनले बताए । बदलिएको ,बलियो र रूपान्तरणको कांग्रेस बनाउने छौँ उनले भने । 

नेपाली कांग्रेस बहुमतको आउँदा त्यसलाई परिपक्व बनाएर लाने विषयमा सचेत हुन जरुरी रहेको उनले बताएका छन ।