काठमाडौँ / उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावमा मधेशी क्लष्टरबाट उम्मेद्वारी दिएका चौधरी २२०६ मतसहित निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

मधेसीतर्फ चौधरीसहित अजय चौरसिया २ हजार ५२२, इन्द्रमोहन यादव २ हजार १३८ र दिनेश कुमार यादव १ हजार ९५९, महेन्द्रकुमार राय १ हजार ९८४ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

पाँच जना निर्वाचित भएकोमा चार जना शेरबहादुर देउवा पक्षका हुन् भने इन्द्रमोहन शेखर कोइराला पक्षका मानिन्छन् ।