काठमाडौं / नेपाली कांग्रेसको थारुतर्फको केन्द्रिय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् । थारुतर्फ दुई खुला पदमा दुबै जना निर्वाचित भएका हुन् ।

निर्वाचित रामजनमले २ हजार ५ सय ३ र योगेन्द्रले २ हजार १ सय ९८ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

यस्तै कांग्रेस केन्द्रिय सदस्य (थारु महिला)मा कल्पना चौधरी २ हजार ५ सय २४ र जीवन राना २ हजार ३ सय ४९ मत ल्याएर निर्वाचित भएका छन् ।