काठमाडौं / नेपाली कांग्रेसको थारुतर्फको केन्द्रिय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् । थारुतर्फ दुई खुला पदमा दुबै जना निर्वाचित भएका हुन् ।
निर्वाचित रामजनमले २ हजार ५ सय ३ र योगेन्द्रले २ हजार १ सय ९८ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।





































