काठमाडौँ /  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ बाट केन्द्रीय सदस्यमा तीन जना निर्वाचित भएका छन् । 

खुलातर्फको दुई पदमा अमृत अर्याल र राजिव कोइराला निर्वाचित भएका छन् भने महिलातर्फबाट महेन्द्रकुमारी लिम्बू निर्वाचित भएकी हुन् । 

OM Sai Pathibhara Hospital

अर्यालले २ हजार ३ सय ८९, कोइरालाले २ हजार १ सय ५२ मत र लिम्बूले २ हजार २२९ मत प्राप्त गरेकी छिन् । 

सोही पदका प्रत्यासी गोमा कुमारी भट्टराईले ६ सय ९, लिलादेवी बोखिम लिम्बूले १ हजार ७ सय ४७, अनिलकृष्ण प्रसाईँले एक हजार ४२२, आनन्द सन्तोषी राईले २०८१, खिलराज बस्नेतले २८१, जनार्दन राम निरौलाले १४९ र सुमित्रा थरुनीले ३९२ मत ल्याएका छन् ।