राजनीति

    Showing 8,661-8,670 of 10,378 items.
  • आज निर्वाचन आयोगमा सर्वदलीय बैठक बस्दै

    काठमाडौँ / राजनीतिक दलहरूसँग परामर्श गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक आह्वान गरेको छ ।आयोगको कार्यालयमा बिहान साढे ११ बजे बस्ने बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव, मतदाता नामावली संकलन र स्थानीय तहको चुनाव लगायत विषयमा छलफल हुनेछ ।प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका १६ दललाई बैठकमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए  । आयोगले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरिसकेको छ 

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 104 पटक पढिएको
  • ५९ जिल्लामा एमालेको नेतृत्व

    काठमाडौं / नेकपा एमालेको ५९ जिल्लाले नेतृत्व पाएको छ ।  दुई गैरभौगोलिक जिल्लाको अधिवेशन पनि सम्पन्न भएको छ । पुस २३ बाट जिल्ला अधिवेशन सुरु भए पनि १८ जिल्लामा भने अझै गलफती छ । कुनैमा सहमतिको प्रयासले विलम्ब छ भने केहीमा मौसमका कारण अधिवेशन सम्पन्न हुन सकेको छैन । प्रदेश १ का सबै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने प्रदेश २ का सप्तरी र सिरहाबाहेकका ६ वटामा बाँकी छ ।  सहमति नजुटेपछि वाग्मतीका सिन्धुपाल्चोक र चितवनले अहिलेसम्म नेतृत्व पाउन सकेका छैनन् । गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ, लुम्बिनीमा रुकुम पूर्व र रोल्पा कर्णालीका मुगु, हुम्ला, कालिकोट र दैलेखमा नेतृत्व चय

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 105 पटक पढिएको
  • प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने

    धनुषा //प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने  भएको छ। जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज आयोजित कार्यक्रममा बोल्दै प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने  बताएका हुन्। माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताएका  छन् ।      प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको मन्त्री साहले बताएका छन्।प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 127 पटक पढिएको
  • कर्णाली प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु

    सुर्खेत  / कर्णाली प्रदेशसभाको नबौं हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखले बैठक आव्हान गरेको पत्र वाचन गरेर सुनाउने, दलीय धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेशहरु पेश हुने कार्य सूची रहेको छ ।सचिवालयका अनुसार हालसम्म प्रदेशसभा सचिवालयमा हालसम्म दर्ता भएका ५७ वटा विधेयक छन् । त्यस मध्ये प्रदेशसभाबाट ३६ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेका छन् । विषयगत समितिमा चार वटा, प्रदेशसभा बैठकमा चार वटा विधेयक टेबुल भएको र नौ वटा विधेयक टेबुल ह

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 101 पटक पढिएको
  • एमाले जिल्ला अधिवेशन : खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित

    सुर्खेत  / नेकपा एमाले दैलेखको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना स्थगित भएको छ । सातौँ अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रकृयामा फर्जी मत विवादपछि मतगणना स्थगित गरिएको हो । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए ।सातौँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत भेटिएपछि मतगणना स्थगित गरिएको हो । अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ ।एमाले दैलेखमा अध्यक्ष

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 109 पटक पढिएको
  • प्रदेश –२ राजधानी र नामका लागि पुनः मतदान हुने

    जनकपुर / प्रदेश –२ को स्थायी राजधानी र नामका लागि मतदान हुने भएको छ ।सभामुख सरोजकुमार यादवले माघ दुई गतेका लागि बोलाएको प्रदेशसभा बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । प्रदेशको नाम र राजधानी सम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउनका लागि प्रदेशसभाले सभामुख यादवको संयोजकत्वमा १६ सदस्यीय प्रदेशको नामकरण र राजधानी सम्बन्धी विशेष अध्ययन समिति गठन गरेको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगन्ज माथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेतासँग छलफल गरेका थिए । तर कुनै प

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 104 पटक पढिएको
  • एमालेको प्रदेश अधिवेशन तीन साता पर सर्‍यो

    काठमाडौँ / नेकपा एमालेको माघ ८ गते हुने प्रदेश अधिवेशन तीन सात पर सरेको छ । कोरोनाको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै एमालेले प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।रिजालले अधिवेशन सार्नुको अर्को कारण कतिपय जिल्लामा अधिवेशन हुन नसक्नु पनि रहेको बताए ।मङ्सिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 103 पटक पढिएको
  • माधव नेपाललाई कोरोना पुष्टि

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नेपालले सोमबार कोरोना परीक्षण गरेका थिए । मंगलबार आएको रिपोर्टमा अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।‘परीक्षण गर्दा मंगलबार कोरोना पुष्टि भयो’, खतिवडाले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’ 

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 102 पटक पढिएको
  • प्रधानमन्त्री देउवाको पिसिआर रिपोर्ट नेगेटिभ

    काठमाडौँ   / प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको सोमबार पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो ।यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको हो ।मन्त्री पौडेलको

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 99 पटक पढिएको
  • एमाले जिल्ला अधिवेशन : ५० जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

    काठमाडौँ / नेकपा एमालेको जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन हुने क्रम जारी छ । सर्वसम्मत हुन नसकेका जिल्लामा चुनावमार्फत नेतृत्व चयन भइरहेको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अहिलेसम्म ४८ वटा जिल्लामा एमालेको नेतृत्व चयन भइसकेको छ । दुई विशेष जिल्ला कमिटीमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । योसहित अहिलेसम्म ५० वटा जिल्लामा एमालेको नेतृत्व चयन भइसकेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २३ गते ६३ जिल्लाको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन भएका जिल्लाको जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रक्र

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 104 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.