काठमाडौँ / नेकपा एमालेको माघ ८ गते हुने प्रदेश अधिवेशन तीन सात पर सरेको छ । 

कोरोनाको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै एमालेले प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

रिजालले अधिवेशन सार्नुको अर्को कारण कतिपय जिल्लामा अधिवेशन हुन नसक्नु पनि रहेको बताए ।

मङ्सिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।