काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नेपालले सोमबार कोरोना परीक्षण गरेका थिए । मंगलबार आएको रिपोर्टमा अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

‘परीक्षण गर्दा मंगलबार कोरोना पुष्टि भयो’, खतिवडाले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’