काठमाडौँ   / प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 

कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको सोमबार पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेल हाल होम आइसोलेसनमा बसेका र दैनिक भेटघाटका कार्यक्रम स्थगित गरिएको छ ।