काठमाडौँ / राजनीतिक दलहरूसँग परामर्श गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक आह्वान गरेको छ ।

आयोगको कार्यालयमा बिहान साढे ११ बजे बस्ने बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव, मतदाता नामावली संकलन र स्थानीय तहको चुनाव लगायत विषयमा छलफल हुनेछ ।

OM Sai Pathibhara Hospital

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका १६ दललाई बैठकमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए  । 

आयोगले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरिसकेको छ