सुर्खेत  / नेकपा एमाले दैलेखको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना स्थगित भएको छ ।

सातौँ अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रकृयामा फर्जी मत विवादपछि मतगणना स्थगित गरिएको हो । 

OM Sai Pathibhara Hospital

एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए ।

सातौँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत भेटिएपछि मतगणना स्थगित गरिएको हो । अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ ।

एमाले दैलेखमा अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा भइरहेको छ । पुनः मतदान गराउनेबारे प्रयास भइरहेको बताइएको छ ।