सुर्खेत  / कर्णाली प्रदेशसभाको नबौं हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखले बैठक आव्हान गरेको पत्र वाचन गरेर सुनाउने, दलीय धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेशहरु पेश हुने कार्य सूची रहेको छ ।

OM Sai Pathibhara Hospital

सचिवालयका अनुसार हालसम्म प्रदेशसभा सचिवालयमा हालसम्म दर्ता भएका ५७ वटा विधेयक छन् । त्यस मध्ये प्रदेशसभाबाट ३६ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेका छन् । 

विषयगत समितिमा चार वटा, प्रदेशसभा बैठकमा चार वटा विधेयक टेबुल भएको र नौ वटा विधेयक टेबुल हुन बाँकी रहेको सचिव बुढाथोकीले जानकारी दिए ।