राजनीति

    Showing 8,651-8,660 of 10,378 items.
  • बतासबाट धर्मशाला खोस्ने तयारीमा मन्त्री

    बिर्तामोड / संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् ।भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा मन्त्री आलेले होटेल चलाएको लगायतका ठाउँको आज बिहान निरीक्षण गरेका हुन् ।बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतोमा १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटलका लागि भाडामा लिएको छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको बताउँदै मन्त्री आलेले छानविन पछि आवश

    • प्रकाशित मितिः माघ २, २०७८
    • 120 पटक पढिएको
  • कांग्रेस नेता प्रकाशशरण महतलाई पनि कोरोना पुष्टि

    काठमाडौँ  / नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।नेता महतले पीसीआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण भएको समाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।कोरोना देखिएसँगै आफू होम आइसोलेशनमा रहेको पनि बताए । महतले आफूसँग सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य परीक्षण गर्न अनुरोध पनि गरेका छन् ।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 89 पटक पढिएको
  • कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एक हौं : प्रधानमन्त्री देउवा

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनेपर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझेपछि बोल्ने क्रममा शनिबार प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् । ‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रमक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन

    • प्रकाशित मितिः माघ १, २०७८
    • 101 पटक पढिएको
  • मौलिक पर्व नेपाली समाजको एकताको प्रतीक हो : अध्यक्ष प्रचण्ड

    काठमाडौं / नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतीकका रूपमा उभिएको बताएका छन् । उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गरेका हुन् ।थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरूप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफैँमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रूपमा रहेको बताए ।यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण न

    • प्रकाशित मितिः माघ १, २०७८
    • 104 पटक पढिएको
  • केपी ओलीलाई बालकोट पुर्‍याउँदा रमाउने नै बालकोट धाउँदै : महेश बस्नेत

    काठमाडौं  / नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले माधव नेपाल र झलनाथ खनालसँग पार्टी भित्रको गुटबन्दी र अराजकता अन्त्य भएको बताएका छन् ।राष्ट्रिय युवा संघ नेपाल ९ औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको घोषणा तथा पत्रकार भेटघाट कार्यक्रमलाई शनिबार कास्कीको पोखरामा सम्बोधन गर्दै नेताले उनीहरूको बिदाइसँगै एमालेमा गुटबन्दी र अराजकता बिदाइ गरिएको बताए । युवा आन्दोलनमा देखिएको विकृति र विसङ्गति अन्त्य गर्ने कुरामा लाग्नु पर्नेमा उनले जोड दिए । विगतमा कांग्रेसले युवालाई व्यापक दुरुपयोग गरेको उनले बताए ।उनले युवालाई रोजगारीसँग जोड्नु पर्ने बताउँदै सो काम युवा संघ नेपालले गर्ने बताए

    • प्रकाशित मितिः माघ १, २०७८
    • 97 पटक पढिएको
  • सर्वदलीय बैठकमा निर्वाचन आयोगको सात बुँदे प्रस्ताव

    काठमाडौं  / राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले सात बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरूबीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो ।बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 97 पटक पढिएको
  • एमाले महासचिव पोखरेललाई कोरोना पुष्टि

    काठमाडौँ  / नेकपा (एमाले) महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार फेसबुकमार्फत महासचिव पोखरेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भएको भन्दै उनले यसअघि निर्धारित सबै कार्यक्रमहरू स्थगित भएको समेत उल्लेख गरेका छन् । ‘कोभिडको तेस्रो लहरबाट अछुट्टव रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो‚’ उनले लेखेका छन्‚ ‘निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 116 पटक पढिएको
  • एमाले जिल्ला अधिवेशन : ६३ जिल्लामा नयाँ नेतृत्व चयन

    काठमाडौं /  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को ६३ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । गत शुक्रबारदेखि भएको अधिवेशनमा ६३ जिल्लामा पार्टी नेतृत्व टुङ्गो लगाएको हो । केही जिल्लामा नेतृत्व चयनका लागि मतनदानको प्रक्रिया जारी छ । सिन्धुपाल्चोकमा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ । दैलेख, पर्सा र चितवनमा अधिवेशन अवरुद्ध भएको छ ।जिल्ला अधिवेशन भएकामध्ये प्रदेश १ का सबै जिल्लाले नयाँ नेतृत्व पाएका छन् । प्रदेश २ मा सप्तरी र सिरहाबाहेक ५ जिल्लाको नेतृत्व चयन बाँकी छ भने बाग्मतीका सिन्धुपाल्चोक र चितवनबाहेक अरु जिल्लाको सकिएको छ । प्रदेश २ को बारामा विनोद साह सर्वसम्मत अध्यक्ष चयन भएका छन्

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 100 पटक पढिएको
  • कांग्रेस केन्द्रीय सहमहामन्त्री राठौरलाई कोरोना संक्रमण पुष्टि

    झापा / बाँके र बर्दियामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा व्यस्त रहेका नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।   प्रतिनिधि सभाका सांसद समेत रहेका कांग्रेस नेता राठौरको स्वास्थ्यमा समस्या आएको समयमा कोरोना परीक्षण गर्दा उनलाई विहीवार कोरो संम्रकण पुष्टि भएको हो । कोरोना संक्रमण भएपछि उनको उपस्थितिमा बाँके र बर्दियामा पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले सहमहामन्त्री राठौरलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै आराम गरिरहेको बताएका छन् । कार्यक्रमहरूमा उ

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 100 पटक पढिएको
  • एमाले जिल्ला अधिवेशन : सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी

    धरान  / नेकपा एमाले सुनसरीको अध्यक्षमा संस्थापन पक्षका रेवतीरमण भण्डारी विजयी भएका छन् । ७ औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणामअनुसार निकटतम प्रतिद्वन्दी खेमराज पोखरेललाई १४५ मतान्तरले हराउँदै भण्डारी विजयी भएका हुन् ।  कुल २१५० मतदाता मध्ये १८०५ मत खसेको थियो । जसमा विजयी भएका भण्डारीले ९२० मत पाए भने पोख्रेलले ७७५ मत पाए । त्यस्तै अर्का उम्मेदवार तथा इटहरीका मेयर द्धारिकलाल चौधरीले मात्र ८० मत पाए। उपाध्यक्ष पदमा पनि भण्डारी प्यानलका निलम खनाल १०११ मत पाएर विजयी भए। उनका निकटतम नन्दकुमार बस्नेतले ७ सय मत पाए। त्यस्तै दुई उपसचिवमा पनि संस्थापनकै राम कोइराला

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 102 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.