बिर्तामोड / संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण 

गरेका छन् ।

OM Sai Pathibhara Hospital

भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा मन्त्री आलेले होटेल चलाएको लगायतका ठाउँको आज बिहान निरीक्षण गरेका हुन् ।

बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतोमा १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटलका लागि भाडामा लिएको छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।

यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको बताउँदै मन्त्री आलेले छानविन पछि आवश्यक निर्णय लिइने बताएका छन् ।