काठमाडौं  / नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले माधव नेपाल र झलनाथ खनालसँग पार्टी भित्रको गुटबन्दी र अराजकता अन्त्य भएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल ९ औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको घोषणा तथा पत्रकार भेटघाट कार्यक्रमलाई शनिबार कास्कीको पोखरामा सम्बोधन गर्दै नेताले उनीहरूको बिदाइसँगै एमालेमा गुटबन्दी र अराजकता बिदाइ गरिएको बताए । 

OM Sai Pathibhara Hospital

युवा आन्दोलनमा देखिएको विकृति र विसङ्गति अन्त्य गर्ने कुरामा लाग्नु पर्नेमा उनले जोड दिए । विगतमा कांग्रेसले युवालाई व्यापक दुरुपयोग गरेको उनले बताए ।

उनले युवालाई रोजगारीसँग जोड्नु पर्ने बताउँदै सो काम युवा संघ नेपालले गर्ने बताए । राष्ट्रिय महाधिवेशन गर्दा यो कुरालाई प्रमुख रूपमा राखिने उनको भनाइ छ ।

चुच्चे नक्सा जारी गर्ने विषयमा जनदवावको कारण कांग्रेस वाध्य भएको उनले बताए। तर आज भारतले नेपाली भूमि माथि धावा बोल्दा सरकार मौन रहेको उनको भनाइ छ ।

राष्ट्रिय युवा संघको ९ औँ राष्ट्रिय महाधिवेशन आउँदो फागुन ११ गते नेपालगञ्जमा गर्ने निर्णय भएको छ ।