काठमाडौं /  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को ६३ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । गत शुक्रबारदेखि भएको अधिवेशनमा ६३ जिल्लामा पार्टी नेतृत्व टुङ्गो लगाएको हो । 

केही जिल्लामा नेतृत्व चयनका लागि मतनदानको प्रक्रिया जारी छ । सिन्धुपाल्चोकमा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ । दैलेख, पर्सा र चितवनमा अधिवेशन अवरुद्ध भएको छ ।

OM Sai Pathibhara Hospital

जिल्ला अधिवेशन भएकामध्ये प्रदेश १ का सबै जिल्लाले नयाँ नेतृत्व पाएका छन् । प्रदेश २ मा सप्तरी र सिरहाबाहेक ५ जिल्लाको नेतृत्व चयन बाँकी छ भने बाग्मतीका सिन्धुपाल्चोक र चितवनबाहेक अरु जिल्लाको सकिएको छ । प्रदेश २ को बारामा विनोद साह सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।

गण्डकीका हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक सबै जिल्लाको नेतृत्व चयन भएको छ भने लुम्बिनीमा रोल्पा र पुर्वी रुकुमबाहेक अन्यत्र सकिएको छ ।

कर्णालीमा मुगु र हुम्लामा अधिवेशन भएको छैन । सुदूरपश्चिममा हिमाली जिल्ला बझाङको अधिवेशन भएको छैन, अन्यत्र नेतृत्व चयन टुंगिएको छ । बझाङमा हिमपातका कारण अधिवेशन हुन नसकेको हो ।

हालसम्म निर्वाचित जिल्ला अध्यक्षहरू:

प्रदेश १
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६. पाँचथर – राजकुमार भण्डारी
७. भोजपुर – शरणकुमार राई
८. इलाम– महेश बस्नेत
९. सोलुखुम्बु– डुफकुमार बास्तोला
१०. उदयपुर– प्रमेश्वर घिमिरे
११. ओखलढुंगा –शंकर कटुवाल
१२. ताप्लेजुङ– भुपेन्द्रबहादुर थेबे
१३. संखुवासभा– जितबहादुर घिमिरे
१४. सुनसरी – रेवतीरमण भण्डारी

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी
२. सिरहा– बिन्देश्वर मण्डल
३. बारा –विनोद साह

बागमती

१. धादिङ – भूमि त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
३. भक्तपुर – बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडौं – दीपक निरौला
९. ललितपुर – पुरुषोत्तम आचार्य
१०. सिन्धुली– कुमारबहादुर कार्की
११. दोलखाः नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्री प्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ –हिराबहादुर केसी
६. पर्वत –राजु पौडेल
७. नवलपुर –मुक्ती पाण्डे
८. स्याङ्जा – सूर्य प्रसाद गैरे
९. कास्की– मनबहादुर गुरुङ

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाँची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)
१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत
४. रुकुम– नन्दराम देवकोटा
५. जाजरकोट – खिमबहादुर शाही
६. सुर्खेत– अमृत बिसी

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी– सुरेन्द्र पाल
३. डोटी–चक्र मल्ल
४. कैलाली– रतन थापा
५. दार्चुला– प्रेमसिंह धामी
६. बाजुरा– कालीबहादुर शाही
७. कञ्चनपुर– सुरेन्द्र बिष्ट
८. अछाम– चन्द्रबहादुर बोहोरा

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल