काठमाडौँ  / नेकपा (एमाले) महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार फेसबुकमार्फत महासचिव पोखरेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भएको भन्दै उनले यसअघि निर्धारित सबै कार्यक्रमहरू स्थगित भएको समेत उल्लेख गरेका छन् ।

OM Sai Pathibhara Hospital

 ‘कोभिडको तेस्रो लहरबाट अछुट्टव रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो‚’ उनले लेखेका छन्‚ ‘निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’