झापा / बाँके र बर्दियामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा व्यस्त रहेका नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।   

प्रतिनिधि सभाका सांसद समेत रहेका कांग्रेस नेता राठौरको स्वास्थ्यमा समस्या आएको समयमा कोरोना परीक्षण गर्दा उनलाई विहीवार कोरो संम्रकण पुष्टि भएको हो । 

OM Sai Pathibhara Hospital

कोरोना संक्रमण भएपछि उनको उपस्थितिमा बाँके र बर्दियामा पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले सहमहामन्त्री राठौरलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै आराम गरिरहेको बताएका छन् । 

कार्यक्रमहरूमा उपस्थित हुँदा स्वास्थ्य मापदण्ड अपनाउने गरेका राठौर सगैँ हिँड्दै गरेका बाल्मिकीको स्वास्थ्य भने सन्तुलित नै रहेको बाल्मिकीले सामाजिक सञ्जालमार्फत बताएका छन् । 

उनले सामाजिक सञ्जाल मार्फत राठौरलाई स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।