धरान  / नेकपा एमाले सुनसरीको अध्यक्षमा संस्थापन पक्षका रेवतीरमण भण्डारी विजयी भएका छन् । 

७ औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणामअनुसार निकटतम प्रतिद्वन्दी खेमराज पोखरेललाई १४५ मतान्तरले हराउँदै भण्डारी विजयी भएका हुन् ।  

OM Sai Pathibhara Hospital

कुल २१५० मतदाता मध्ये १८०५ मत खसेको थियो । जसमा विजयी भएका भण्डारीले ९२० मत पाए भने पोख्रेलले ७७५ मत पाए । त्यस्तै अर्का उम्मेदवार तथा इटहरीका मेयर द्धारिकलाल चौधरीले मात्र ८० मत पाए। 

उपाध्यक्ष पदमा पनि भण्डारी प्यानलका निलम खनाल १०११ मत पाएर विजयी भए। उनका निकटतम नन्दकुमार बस्नेतले ७ सय मत पाए।

त्यस्तै दुई उपसचिवमा पनि संस्थापनकै राम कोइराला र योग्यराज खड्का विजयी भए। कोइरालाले ८२१ र खड्काले ५६३ मत पाएका छन्। 

सचिव पदमा पर्शुराम यादव सर्वसम्मत निर्वाचित भइसकेका थिए। उनी पनि संस्थापन पक्षकै नेता हुन्।