काठमाडौं  / राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले सात बुँदे प्रस्ताव राखेको छ । 

शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरूबीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो ।

OM Sai Pathibhara Hospital

बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।