राजनीति

    Showing 8,511-8,520 of 10,378 items.
  • सभामुखले एमसीसी रोक्न पाउँदैनन् : ओली

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् ।एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको बताएका हुन् । ‘पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन्’ ओलीले भने ।यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसी

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 105 पटक पढिएको
  • कमल थापाको नयाँ पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी’

    काठमाडौँ / राप्रपाका पूर्वअध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी’ नामको नयाँ पार्टी गठन गर्ने भएका छन् छन् । थापाले नयाँ पार्टी गठन गर्ने निर्णय बिहीबार बसेको उनी निकट नेताहरुको बैठकले गरेको हो ।बिहीबार महाराजगञ्जमा थापा निकट राप्रपा पदाधिकारी नेताहरुको बैठक बसेको थियो । ‘बैठकले हिन्दुत्व, सुशासन र समृद्धिको मूल एजेन्डा राखेर नयाँ पार्टी गठन गर्ने निधो गरेको नेता राजाराम बर्तौलाले बताएका छन् । छलफलमा थापा र हालको राप्रपा कार्यसमितिबाहिर रहेका तीन दर्जन नेता सहभागीरहेका थिए । ‘विभिन्न नाम भएका प्रस्ताव मध्ये राष्ट्रिय एकता पार्टीमा लगभग सहमति जुटेको उनले बताएका छन् । ३१ वर्ष राप्रप

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 111 पटक पढिएको
  • स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो एमाले

    काठमाडौं / नेकपा(एमाले) ले सातै प्रदेशमा ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उक्त कार्यक्रमको भर्चुअल माध्यमबाट आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । पार्टी कार्यालय थापाथलीबाट उद्घाटन हुने कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेशसभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम् प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुने बताइएको छ ।एमाले दुई दिने प्रशिक्षणको समय तालिका र स्थान यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा प्रदेश नम्बर १

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 174 पटक पढिएको
  • ओलीलाई प्रचण्डको फोन : एमसीसीका विषयमा निर्णय लिन आग्रह

     काठमाडौं / नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीको विषयमा निर्णय गर्न नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बिहीबार साँझ अध्यक्ष प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीका विषयमा निर्णय गर्न आग्रह गरेका हुन् । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने,  ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’ ओलीले  पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ रहेको छ ।  ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ', ओलीको भन

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 112 पटक पढिएको
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

    काठमाडौं / सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक लगातार तेस्रो दिन आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।कांग्रेसले एमसिसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 119 पटक पढिएको
  • माघ २८ र २९ गते बस्ने भनिएको माओवादीको केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं  / नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।माघ २८ र २९ गते प्रज्ञा भवनमा बस्ने भनिएको बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।पार्टी कमिटीलाई पूर्णता दिन, स्थानीय तह निर्वाचन तयारीलगायत एजेन्डामा छलफलका लागि भन्दै बैठक बोलाइएको थियो ।माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।विशेषगरी पदाधिकारी चयनमा माओवादीभित्र सन्तुलन मिल्न नसक्दा समस्या

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 151 पटक पढिएको
  • विप्लव कार्यकर्ताले कञ्चनपुरमा वडाध्यक्षलाई दले कालोमोसो

    धनगढी  / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो दलेका छन् ।बिहीबार एकीकृत जनक्रान्ति युवा संगठन नेपाल कञ्चनपुरले जिल्लाको बेल्डाडी गाउँपालिका –२ का अध्यक्ष प्रेम खातीलाई कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।वडाध्यक्ष खातीमाथि वडा कार्यालय भवनको भाडा एकठाउँ दिने अनि कार्यालय भने गाउँपालिका भित्र रहेको, एकल महिलाका लागि २८ लाखमा बनाएको ४ कोठे भवनमा अनियमितता गरेको, वडा कार्यालयमा उपस्थित नभई सेवाग्राहीलाई दुख दिएको लगायतका आरोप उनीहरूको आरोप छ।यस्तै, उनीहरुले खातीमाथि बसपार्कका लागि ल्याएको २७ टिप्पर बालुवा बेचेको, मनोमानी तबरले कर्म

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 179 पटक पढिएको
  • वडाध्यक्षविरुद्ध ३५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर

    काठमाडौँ  / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी पिपरा गाउँपालिका –५ का वडाध्यक्षविरुद्ध सार्वजनिक सम्पत्ति महिनामहिनाको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध बिहीबार ३५ लाख २१ हजार २ सय ४ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।यादवले सुब्बा–पोखरीको ठेक्का वापत बुझाउनुपर्ने रकम वडाध्यक्ष भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाई आफूलाई गैरकानुनी लाभ पुर्‍याएको आयोगको आरोप छ । यादव वडाध्यक्ष हुनुपूर्व २०७१ भदौ १ देखि २०७६ भदौ मसान्तसम्म सुब्बा पोखरीको ठेक्का लिएका थिए । पाँच वर्षे अवधिमा ५४ लाख ६४ हजार ६ रुपैया

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 184 पटक पढिएको
  • पहिलो पटक मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउँदै

    जनकपुर / मधेस प्रदेश सरकारले पहिलो पटक आगामी फागुन एक गते जनयुद्ध दिवस मनाउने भएको छ । विगत तीन वर्षदेखि ५ माघमा मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।जनयुद्ध दिवसका अवसरमा प्रदेश सरकारले शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।  पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने तयारी रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । महतोका अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी शहीद प्रतिष्ठानले आयोजना गर्ने कार्य

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 143 पटक पढिएको
  • एकै पटक छ अध्यादेश निष्क्रिय हुँदै

    काठमाडौँ / सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा छवटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन् ।  महिला हिंसा विरुद्धको कसुरमा हुने कारबाही, तेजाब लगायतका घटनाका कसुरमा हुने कारबाही र रेल–वे सञ्चालनसम्बन्धी अध्यादेशहरू एकै पटक निष्क्रिय भएका हुन् । सरकारले संसद्को चालू अधिवेशन सिफारिसको एक दिनअघि अध्यादेश सिफारिस गरेको थियो । बिहीबारसम्म अस्तित्वमा रहेका ती अध्यादेश मङ्सिर २८ गतेको बैठकमा पेस भएका थिए । संसदबाट अध्यादेश पास भएपनि सरकारले विधेयक नल्याएको र प्रतिनिधि सभाको बैठक फागुन २ गतेमात्र बोलाइएका कारण छवटै अध्यादेश तेस्रो निष्क्रिय हुन लागेका हुन् । संविधानको धारा

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 146 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.