जनकपुर / मधेस प्रदेश सरकारले पहिलो पटक आगामी फागुन एक गते जनयुद्ध दिवस मनाउने भएको छ । 

विगत तीन वर्षदेखि ५ माघमा मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।

OM Sai Pathibhara Hospital

जनयुद्ध दिवसका अवसरमा प्रदेश सरकारले शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।  

पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने तयारी रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । 

महतोका अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी शहीद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन् ।