काठमाडौँ / राप्रपाका पूर्वअध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी’ नामको नयाँ पार्टी गठन गर्ने भएका छन् छन् । थापाले नयाँ पार्टी गठन गर्ने निर्णय बिहीबार बसेको उनी निकट नेताहरुको बैठकले गरेको हो ।

बिहीबार महाराजगञ्जमा थापा निकट राप्रपा पदाधिकारी नेताहरुको बैठक बसेको थियो । ‘बैठकले हिन्दुत्व, सुशासन र समृद्धिको मूल एजेन्डा राखेर नयाँ पार्टी गठन गर्ने निधो गरेको नेता राजाराम बर्तौलाले बताएका छन् । 

OM Sai Pathibhara Hospital

छलफलमा थापा र हालको राप्रपा कार्यसमितिबाहिर रहेका तीन दर्जन नेता सहभागीरहेका थिए । ‘विभिन्न नाम भएका प्रस्ताव मध्ये राष्ट्रिय एकता पार्टीमा लगभग सहमति जुटेको उनले बताएका छन् । 

३१ वर्ष राप्रपाको नेतृत्वमा रहेका थापा मंसिरमा सम्पन्न एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए।