काठमाडौं / नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीको विषयमा निर्णय गर्न नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बिहीबार साँझ अध्यक्ष प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीका विषयमा निर्णय गर्न आग्रह गरेका हुन् । 

प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने,  ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’ 

OM Sai Pathibhara Hospital

ओलीले  पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ रहेको छ ।  ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ', ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् ।  नेकपा (नेमाले) त निर्णय गरिहाल्छ ।’

Bishnu-rihan-768x384